नायिका शिल्पा मास्केले अभिनय गरेका दुई फिल्म नै व्यापारिक रूपमा असफल ठहरिए । डेब्यु फिल्म ‘दि ब्रेक अप’ र दोस्रो फिल्म ‘कागजपत्र’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । यी दुई फिल्म चलिदिएको भए शिल्पा अहिलेकी डिमाण्डेड नायिका भइसक्ने थिइन् ।व्यापारिक रूपमा फिल्म असफल भए पनि शिल्पाको कामको भने प्रशंसा नै भएको थियो । फ्लप हिरोइन ठहरिएता पनि उनको अभिनयलाई हेर्दै  फिल्म ‘लाइफ इन एलए’ टिमले उनलाई फिल्ममा आबद्ध गराएका छन् l लगभग २ वर्ष पछि उनी फेरी ठुलो पर्दामा देखिन लागेकी हुन् l  यस फिल्ममा उनको एन्ट्री भएको खबर निर्माण टिमले छायाङ्कनका केही तस्बिरहरू सार्वजनिक गर्दै जानकारी गराएका हुन l तस्बिरमा शिल्पालाई नव-अभिनेता व्यास बिस्सुसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ । हाल यस फिल्म छायाङ्कनमा रहेको छ l फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको छ l  सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता र संसार सुवेदी कार्यकारी निर्मातामा छन् ।वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, अकेसा विष्ट, जेरेड विलप्स, वुद्धि तामाङ, विष्णु गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ l