विश्व भरी फैलिएको कोभिड–१९ महामारीले चलचित्र उद्योग नराम्रोसँग थला परेको छ । लकडाउनका कारण लामो समयदेखि सञ्चालनमा आउन नसकेका सिनेमा हलहरू धमाधम बन्द हुन थालेका छन् ।पछिल्लो १६ महिनादेखि फिल्म क्षेत्र ठप्प हुँदा काठमाडौँ उपत्यका र बाहिर सञ्चालित दुई दर्जनभन्दा बढी सिनेमा हल बन्द भइसकेको नेपाल फिल्म संघले जानकारी गराएको छ । यदि महामारी लम्बिँदै गएमा अरू हल पनि क्रमशः बन्द हुँदै जाने जोखिम देखिएको छ । यस बारे सरकारलाई बारम्बार घचघच्चाउदा पनि कुनै वास्ता नगरे पछि फिल्मकर्मीहरू राजनीतिक दलका नेतासँग भेटवार्तामा जुटेका छन् । फिल्म क्षेत्रलाई चलायमान गराउन अनुरोध गर्दै कलाकार, निर्माता तथा निर्देशक नबल खड्काले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरा सँग गत बुधवार भेटवार्ता गरेका छन् l कोरोनाका कारण सिने क्षेत्रलाई झन् झन् धरायसी बनाएकोमा चिन्ता व्यक्त गर्दै प्रचण्ड र कृष्ण बहादुर महरा समक्ष फिल्मकर्मीहरूले आफ्नो कुरा राखेका थिए l यस बारे आफूहरूले ध्यानआकर्सण गर्ने साथै आफ्नो पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न आश्वासन फिल्मकर्मीहरूलाई दुई नेताले दिएका छन l साथै फिल्म क्षेत्रका गतिविधि खुलाउन पनि पहल गर्ने प्रचण्डको भनाइ छ l