पल शाह पछिल्लो समय ठुलो पर्दा साथै म्युजिक भिडियोमा रुचाइएको अनुहार हो। भिडियो सम्पादन हुँदै अभिनय क्षेत्रमा होमिएका पल फिल्म भन्दा बढी म्युजिक भिडियोमा व्यस्त छन्। पल शाहले करिअरमा १५ सय भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । एक महिनामा मुस्किलले २–४ दिन मात्र खाली बस्ने पल हरेक दिन म्युजिक भिडियोको छायांकनमा व्यस्त हुन्छन् । आधुनिक, पपदेखि लोकगीतका भिडियोमा समेत उनले काम गरिसकेका छन् । म्युजिक भिडियोमा उनी सँग काम नगर्ने न्युननै मोडेल होलान् l ‘को होला त्यो...’म्युजिक भिडियो बाट चर्चामा आएका पलले फिल्म ‘नाइँ नभन्नू ल–४’ बाट अभिनय यात्रा प्रारम्भ गरेका थिए। उनी जो नायिका/मोडेल सँग काम गर्छन् l तिनै सँग उनको नाम जोडिएर आउने गरेको छ l ‘को होला त्यो' मा काम गर्दा प्रकृति सँग उनको नाम जोडिएर आयो l ‘नाइँ नभन्नू ल–४’ फिल्ममा काम गरे पस्चात उनको नाम नायिका आँचल शर्मा सँग जोडिएको थियो l जब आँचलको विवहाँ भयो तब उनको नाम पूजा शर्मा सँग आयो l जब उनी सँगको नाम पनि बिस्तारै सेलायो l तब, म्युजिक भिडियोका मोडेलहरू सँग जोडिएर आयो l अझै त पछिल्लो समय उनको नाम मलिका महत सँग बढी जोडिएर आउने गरेको छ l यस अघि उनको गरीमा शर्मा , रियासा दाहाल सँग नाम जोडिएर आएको थियो l यि मध्य पल सँग सबै भन्दा फिट् रहने को हुन् त ?