भारतीय अभिनेता सुनिल शेट्टिले नेपाली फिल्म 'एक्स ९' मा खेल्न अस्वीकार गरेका छन् l पारिश्रमिकमा कुरा नमिले पछि उनी फिल्म बाट टाढिएका हुन् l सुनिलले अभिनय गर्नका लागी निर्माण टिमसँग १ करोड भारतीय रुपैयाँ पारिश्रमिक मागेको कुरा श्रोतले जनाएका छन् l बुझिए अनुसार शेट्टीको ठाउँमा अब अर्का भारतीय अभिनेता सोनु सुड्लाई ल्याउने निर्माण टिमको तयारी रहेको छ l सोनुले सुनिलले भन्दा आधा रकम माग गरेका छन् । एक्सन केन्द्रित रहने यस फिल्म महँगो बजेटमा निर्माण हुँदै छ l नयाँ वर्ष २०२२ जनावरी बाट छायाङ्कनमा जाने फिल्मलाई गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो l नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा फिल्मको लोकेसन सेट गरिएको छ l नेपालकै सबैभन्दा ठुलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ को कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । मुकुन्द भट्टको निर्देशन रहने फिल्ममा अनमोल केसी, सौगात मल्ल, राज कटुवाल, अर्पण थापा, नवीन लम्साल, फजिल अहमदको साथमा नयाँ कलाकार प्रियंका थापाको पनि मुख्य भूमिका रहने छ ।दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजीव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् ।