कलाकारद्दय नाजिर हुसेन र मुकुन भुसाल अभिनीत फिल्म 'लव सर्कल' डिजिटल रिलिज भएको छ l लोकप्रिय प्लेटफर्म डिसहोमको फिल्म घर च्यानल नम्बर ५५५ मा फिल्म शुक्रवार रिलिज भएको हो । वसन्त निरौलाले निर्देशन गरेको फिल्ममा नाजिर हुसेन, मुकुन भुसाल, पवित्रा आचार्य, रिस्ता बस्नेतसँगै रवीन्द्र झा, र सुमन कोइरालाको पनि अभिनय छ । कमेडी च्याम्पियनमा दले दाइको उपनामले चिनिएका सुमन कोइराला यसै फिल्म मार्फत डेब्यु गरेका छन् ।फिल्ममा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । साहिल खान र दिव्य सुवेदीले छायांकन गरेको फिल्मलाई  मिलन श्रेष्ठले सम्पादन गरेका छन् । फिल्ममा अभिमन्यु निरवीको लेखन, अंकित बाबुको संगीत, पवित्रा आचार्यको कोरियोग्राफी छ । यस सँगै सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि फिल्म प्रदर्शन गरिने निर्माता अग्रवालले बताएका छन् ।