नेटफ्लिक्सका लागी बलिउड निर्देशक सञ्जय लीला भन्साली सिरिज बनाउने तयारी गरेका छन् l नायिका आलिया भाट्ट र अजय देवगनलाई मुख्य भूमिकामा राख्दै ‘हिरामन्डी’ नामक सिरिज निर्माण गर्न लागेका हुन् l केही समय अघि फिल्म बनाउने चाहाना व्यक्त गरेका भन्सालिले ‘हिरामन्डी’ लाई सिरिजको रूपमा ल्याउन लागेका हुन् l गत मंगलवार उनले सिरिज बनाउने घोषणा गरेका हुन l सिरिजले भारत विभाजन पूर्व लाहोरमा वेश्यावृत्ति गर्ने वेश्याको कथामा आधारित रहने छ l पछिल्लो समय उनले यस्तै वेश्यावृत्ति कथामा आधारित रहेको फिल्म ‘गंगुबाई कठैयावाडी’ निर्माण गरेका छन् l