म्युजिक भिडियो ‘कुरा बुझ्न पर्च’ ६ दिनमै ४७ लाख भ्यूज पाएको खुसीयालीमा म्युजिक भिडियो टिमले खुसीयाली साटासाट गरेका छन् l बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले मायाको चिनो आदान प्रदान सँगै केक काटेर खुसीयाली मनाएका हुन् l आयोजित कार्यक्रममा टिमको सबै जनाको उपस्थिति रहेको थियो l प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समीक्षा अधिकारीको स्वर छ । भिडियोमा आँचल र स्वस्तिमा फिचर्ड छन् l यस्तै ‘कुरा बुझ्न पर्च’को सफलतामा प्रकाशले रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई आर्थिक सहयोग, स्यानीटरी प्याड, नुडल्स प्रदान गरेका थिए l भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् lस्वस्तिमा र आँचलको अलावा भिडियोमा लक्ष्मी गिरी, कालु राणा, कमला रेग्मी,अनिता बस्नेत,सुनिल बिकको पनि अभिनय रहेको छ l भिडियोको कन्सेप्ट तथा निर्देशन प्रकाश सपुतकै रहेको छ l