गायक दुर्गा पराजुली र सुनिता थेगिमको स्वरमा ‘ मार्सी चामल' सार्वजनिक भएको छ । गायक पराजुलीकै शब्द र संगीत रहेको गीतको भिडियोलाई सुरेन्द्र बसेलले कोरीयोग्राफी तथा निर्देशन गरेका छन् । गीतको संगीत संयोजन एमोस तामाङको रहेको छ l भिडियोको सम्पादन बिकास धमलाले गरेका हुन् l
अनुप योञ्जनको दिनेश पराजुलीले खिचेको भिडियोमा हरिस निरौला 'कक्रोच',अञ्जलि अधिकारी ,सुरेन्द्र बसेल र जुना सुन्दास फिचर्ड छन् l द डिभाइन म्युजिक युट्युब च्यानलमा भिडियोलाई हेर्न सकिने छ l