फिल्म चलोस् या नचोल्स् नेपाली निर्माता निर्देशक उक्त फिल्मको सिक्वेल बनाउन जतिखेर नि तयार हुन्छन् l अझ पछिल्लो समय त सिक्वेल बनाउने ट्रेन्ड नै चलेको छ l चाहे म्युजिक भिडियो होस् या फिल्म नै l नयाँ नाम बाट केही चिज निर्माण गर्दा गुम्न सक्ने डरले हो या लामो समय पछी फेरी फर्किए भनेर देखाउन हो l कुरा गरौँ अर्को सिक्वेलको घेरामा परेको फिल्म 'मिस्टर डन' को l अब यस फिल्मको पनि सिक्वेल बन्ने भएको छ l २०६३ सालमा रिलिज भएको अभिनेता द्वय शिव श्रेष्ठ र निखिल उप्रेती अभिनीत फिल्म ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुन लागेको हो । फिल्मलाई दिनेश पाख्रीनले निर्देशन गर्ने छन् l साथै फिल्मको कथा पनि उनकै रहने छ l फिल्म एक्सन जनरामा निर्माण हुनेछ । दिनेश थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता निर्मल लामा, विक्रम तामाङ र हेलेन पाख्रिन छन् । हाल फिल्मको लागी कलाकार हरू सँग कुराकानी भई रहेको छ l तर यस फिल्ममा को कलाकार हुन्छन् भनेर चाही निर्माण टिमले खुलाएको छैन l बुझिए अनुसार फिल्ममा अहिलेका एक स्टार र अघिल्लो पुस्ताका एक स्टारको अभिनय रहनेछ l मदन घिमिरे निर्देशित ‘मिस्टर डन’ मा त्यस बेला चर्चित कलाकार सञ्चिता लुइँटेल, विक्रान्त बस्नेत, स्वं. जेनी कुँवरको पनि अभिनय थियो । अझै फिल्मको धेरै काम गर्न बाकिरहेता पनि फिल्मको गीत भने तयार भई सकेको छ l फिल्मका लागि शुक्रवार एक गीत रेकर्ड गरियो । फिल्ममा कथा वाचनको रूपमा यो गीत प्रयोग गरिने छ l गीतमा विकास चौधरीको संगीत र हरि उप्रेतीको संगीत रहेको छ ।