एक समयका चर्चित निर्देशक, निर्माता साथै अभिनेता युवराज लामा पुनः ठुलो पर्दामा फर्किने तयारीमा रहेका छन् l लामो समय पछी फिल्म निर्देशनमा कमब्याक गर्न लागेको खबर लामाले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् l उनी लेख्छन्:कथा भेटियो,आज बाट वान लाइनर लेख्न शुरुभयो !! सकिने बित्तिकै पटकथा अनि संवाद लेख्न सुरु गर्ने बिचारमा पुगियो !विभिन्न जिम्मेवारी र अभियानको कारण विश्राम लिएको फिल्म निर्माण निर्देशनमा दोस्रो इनिङ पुनः प्रवेश गर्ने प्रयास हुँदै । उनले, अबको फिल्म यात्रालाई आफ्नो करिअरको दोश्रो इनिङ भनेका छन् । कोरोनाका कारण धराशायी बनेको फिल्म क्षेत्रलाई जोगाउन आफू फिल्म निर्माण र निर्देशनमा फर्किन लागेको उनको भनाइ छ । आफू शून्यबाट उठ्न लागेका कारण शून्यमा रिक्स नहुने बताउँछन् । अब बन्ने फिल्मको विषयवस्तु मानिसको पोजेटिभ र नेगेटिभ मनोविज्ञानमाथि आधारित हुने उनको भनाइ छ । युवराज लामाले पछिल्लो पटक फिल्म ‘सरौतो’ मा अभिनय गरेका थिए lदेश परदेश, माउते दाइ, प्रतिज्ञा, दुलहा राजा दुलही रानी, खेलौना, गोरेटो’ लगायतका फिल्मको निर्माण र निर्देशन गरेका उनले दुई दर्जन बढी फिल्ममा सशक्त अभिनय पनि गरेका छन् । उनलाई आज पनि दर्शकले फिल्म ‘देउता’ को ‘निमा’ भनेर चिन्ने गर्दछन् । राजनीतिमा पनि उनको सकृय उत्तिकै रहेको छ l