हिन्दु नारीहरूको विशेष पर्व तीजको अवसर पारेर तीज सम्बन्धी विभिन्न गीतहरू बजारमा आएका छन् l  तीज आउन केही दीन मात्र बाँकी रहँदै गीतसंगीत बजार तीजमय बन्ने गरेको छ l यो समय कलाकारहरूमा तीज गीत बजारमा ल्याउने होडबाजी नै चल्छ। त्यसमा पनि यो हप्ता तिज सँगै अन्य गीतहरू पनि सार्वजनिक भए l जसमा प्रकाश सपुतको 'कुरा बुझ्न पर्च' l त्यसमा पनि बजारमा आएपछि युट्युबमा कसकाे कुन गीत कति दर्शक श्रोताले हेरे र मन पराइदिए भन्ने विषयले अर्थ राख्ने गरेको छ। उसो त हिजोआज युट्युब नै चर्चा र आर्थिक उपार्जन मापन गर्ने माध्यम बनेको पाइनछ। पछिल्लो सात दिनमा मात्र 'कुरा बुझ्न पर्च'लाई युट्युबमा ५३ लाख ७० हजार ४२६ पटक हेरिएको छ भने अहिलेसम्म ५७ लाख ३१ हजार ४०९ पटक हेरिएको छ । यो मात्र हैन अन्य सार्वजनिक भएका गीतहरूलाई पनि दर्शकले रुचाएका छन् l जसको भ्युज हरू यती गएका छन् l

 

१: ‘जोखौँ माया’ (मेलीना राई – विष्णु घिमिरे) : १७ लाख ४६ हजार ६४६

२: ‘कुरा बुझ्न पर्च’ (प्रकाश सपूत)  : ५३ लाख ७० हजार ४२६

 

३: ‘बिच्च बिच्चमा–५’ ( दुर्गेश थापा) : १३ लाख ७४ हजार ७७८

४ ‘कुरा काटन’ (खुमन अधिकारी)  :  ७ लाख ५ हजार १४२

५:‘बाँचेपो पाइएला नाच्न हजुर’ (शर्मिला गुरुङ्ग, देवी घर्ती मगर, खेम सेञ्चुरी र पुरुषोत्तम पौडेल)२ लाख १५ हजार माथि 

६:‘भैगो माया लाउँदिन’ (शिशिर भण्डारी) ३ लाख १० हजार बढी भ्यूज

 

७: ‘दिदी बहिनी’  (शान्तीश्री परियार  ,लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्ल) झण्डै १ लाख ६५ हजार बढी भ्यूज

८:‘यस्तै हो संसार’ 'खेम सेन्चुरी र अनिता चौलाउने' ४ लाख माथि

९: ‘सम्झिनी पानी छम्किनी’ (समराट चौलागाई) : ४५ लाख ५३ हजार १९३