कोरोनाभाइरस महामारीका कारण गत वर्ष देखी बन्द भएका सिनेमा घरमा कयौँ फिल्म प्रशंसकहरू आफ्ना प्रिय फिल्म हेर्न जान पाएनन्।तर घरभित्र थुनिएका परिवारहरूका निम्ति अनलाइनमार्फत मनोरञ्जनका सामग्री पस्किने स्ट्रीमिङ प्ल्याटफर्महरूले यो रिक्तता पूर्ति गर्ने ठुलो प्रयास गरे।यस अवधिमा आफ्ना नोक्सानी घटाउन कैयौँ फिल्महरूले ठुला हलको साटो सानो पर्दामा नै फिल्म रिलिज गर्न बाध्य बने l । युट्युब, सिनेमा घर ,डिसहोममा फिल्मलाई रिलिज गरी रहेका छन् l डिजिटल रिलिज हुने फिल्मको सूचीमा ‘उल्झन’ पनि थपिएको छ । साउन २९ गते म्युजिक नेपाल मुभिजको युट्युब च्यानलमा फिल्म रिलिज भएको हो ।आशुतोष फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई राजु अधिकारीले निर्देशन गरेका हुन् l फिल्मलाई नवीन अधिकारी र हरि कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, ऐनी विष्ट, बेनी ढुंगाना, दीपक ढकाल लगायतको अभिनय रहेको फिल्मको छायाङ्कन युरोपका विभिन्न स्थानमा गरिएको छ ।
फिल्ममा रामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारीको लेखन छ । केही दिन अघि ‘हिरो रिर्टन्स, कोपिला र लभ सर्कल’ पनि डिजिटल रिलिज भएको थियो l