नायिका ऋचा शर्माले 'कमेडी च्याम्पियन सिजन २' छोड्ने भएकी छिन् l निर्णायकको रूपमा रहँदै आएकी शर्मा अब देखी शो मा उपस्थिति नहुने भएकी हुन् l ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । अब उनको ठाउँमा अतिथि निर्णायकलाई कार्यक्रममा सहभागी गराइने बताइएको छ l ऋचा आमा बन्ने मिति नजिकिँदै छ l यसैले स्वास्थ्यलाई ख्याल गर्दै उनी शो बाट बाहिरिएकी हुन् l बिहिबारको श्रृङ्खलामा उनी आफैले डाक्टरको सल्लाह बमोजिम रेस्टमा बसेको बताएकी थिइन् । साथै शनिबारको शो मा भने आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रूपमा छन् । 'कमेडी च्याम्पियन सिजन २' लोकप्रिय कार्यक्रमको सुचीमा पर्दछ l