अभिनेता पुष्प खड्का अभिनीत म्युजिक भिडियो (हेर्ने हो र देखाइदिम) विवादमा तानिएको छ l दोहोरो लाग्ने शब्द प्रयोग गरेको भन्दै गीत विवादमा तानिएको हो l  गीत माथि प्रश्न खडा भएको छ l साथै सामाजिक सञ्जालमा पनि गीतको चर्को आलोचना भइरहेको छ l गीतमा गायिकाले ‘हेर्ने हो र देखाइदिम ?’ भन्ने शब्द दोह्र्याइ तेर्याही प्रयोग गरेकी छिन् l गीतलाई यज्ञ विक र शान्तीश्री परियारले गाएका हुन् l गीतमा राजु सुनामको शब्द तथा संगीत छ । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ । नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन भिडियोमा छ । गीतलाई युट्युब च्यानल यज्ञ बिकमा सार्वजनिक गरिएको छ l पछिल्लो समय लोक गीतमा प्रयोग भएका शब्दमाथि धेरैले प्रश्न उठने गरेको छ l केही दीन अघी अघी दुर्गेश थापाको ख्यास पुतली पनि विवादमा तानिएको थियो l गीतकार तथा गायकहरूले सस्तो लोकप्रियताका लागि दुई अर्थी शब्द राख्ने गरेको पाइन्छ । यस्ता शब्दलाई हटाउन लोकदोहोरी प्रतिष्ठानले पनि कदमा नचालेको हैन l तर जबरजस्ती अटेर गरेरै गायक गायिका शब्द राखे पछी प्रतिष्ठानले यस बारे बोल्न छोडेको छ l