अभिनेता धिरेन शाक्यको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ l राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मनमनमा माया’ इन्टरनेट रिलिज भएको हो । वानिका प्रधान र सुरज थापाको स्वर समावेश गीतको शब्द पुरुषोत्तम ढकालले कोरेका हुन् l नितिन चन्दले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

सुरज कुमार थापाले गीतको लय सिर्जना गरेका छन् l दीपक जोशीको छायाङ्कन ,सदिस जोशीको सम्पादन, भागीरथ गह मगरको कोरीयोग्राफी भिडियोमा समावेश छ l