नजिकिँदै गरेको महिलाहरू पर्व तिजलाई छेको पार्दै गायिका मेलिना राईको तिज गीत 'आउँ न संगी हो गाउँ न मिलेर' इन्टरनेट रिलिज भएको छ l न्रित्य निर्देशक गोविन्द राईको रचना र निर्देशन रहेको गीतमा संगीत साज सिंहले भरेका छन् l केवी फिल्म्सको प्रस्तुति रहेको गीतको भिडियोमा सदाबहार नायिका करीश्मा मानन्धर, सम्झना बुढाथोकी, क्षितिजा शाक्य , तेन्जु योञ्जन , सुप्रिया योञ्जन, र बासूँ तामाङको न्रित्य रहेको छ l
भिडियोको सम्पादन नकुल खड्काले गरेका हुन l l नायिका मानन्धरकै लगानीमा निर्माण भएको भिडियोलाई उनकै युट्युब च्यानल करिश्मा मानन्धर बाट सार्वजनिक गरिएको छ l