वरिष्ठ छायाँकार तथा निर्माता भीम रानाको निधन भएको छ । रानाको कोरोनाका कारण ६० वर्षको उमेरमा निधन भएको हो l मंगलवार बिहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा उनको निधन भएको खबर कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिएका हुन् l उनको निधनप्रति फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् । दुई सन्तान र श्रीमतीलाई छाडेर सदाका लागी बिदा भएका उनी एक राम्रो निर्माता साथै कलाकार पनि हुन् l उनले फिल्म ‘माइली’ निर्माण गरेका थिए ।चलचित्र विकास कम्पनी बालाजुका सञ्चालक समेत रहेका रानाले आफ्नो करीअरमा थुप्रै हिट फिल्म खिचेका छन् l ‘सम्झना, वरमाला, राज्य, निशाना, लाल सलाम, लभ कुश’ लगायत फिल्म खिचेका उनले ‘माया प्रीति’ र ‘मान्छे पुग्यो जूनमा’ गीतमा अभिनय पनि गरेका छन् ।