गायक–गायिका सुजन चापागाईँ र विद्या तिवारीको स्वरमा समावेश गीत ‘बाफ’ इन्टरनेट रिलिज भएको छ l गीतकार हर्क साउदको शब्द रहेको गीतको भिडियोमा नवीन चौहानको कथा तथा निर्देशन रहेको छ l सुरजले पौडेलले भिडियोको सम्पादन गरेका छन् l भिडियोमा गायक प्रताप दासले मुख्य भूमिकामा अभिनय गरेका छन्lत्यस्तै शिल्पा थापा, नयन नेपाल, रञ्छेन तामाङ, निम्लामु लामा, सम्रान्त थापा, हर्क साउदलगायतको भिडियोमा अभिनय छ ।

नेपाली प्रेमी र भारतीय प्रेमिकाको कथालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । दुईको बालापनदेखि वयस्क हुँदासम्मको प्रेमकथालाई भिडियोमा रमाइलो तरिकाले प्रस्तुत गरिएको हेर्न सकिन्छ l नेपाल–भारत सिमाका दृश्यहरूलाई पनि आकर्षक रूपमा प्रस्तुत गरिएको छ । भिडियोलाई अनीश स्याङ्ग्देनले छायांकन गरेका हुन् l सार्वजनिक भिडियोलाई युट्युब च्यानल आर्ट्मान्डुमा हेर्न सकिने छ l