अभिनेता राज कटवाल फिल्म 'एक्स ९' टिम सँग जोडिएका छन् l निर्देशक मुकुन्द भट्टको निर्देशन रहेन यस फिल्ममा केही समय अघि अभिनेता अनमोल केसी र सौगात मल्ल पनि एन्ट्री भएको थियोl नयाँ वर्ष २०२२ जनावरी बाट छायाङ्कनमा जाने फिल्मलाई  गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो l नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा फिल्मको लोकेसन सेट गरिएको छ l नेपालकै सबैभन्दा ठुलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ को कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् ।दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजीव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् ।  फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्ने निर्माण टिमको योजना छ ।