गत वर्षको ब्लक्ब्लस्टर गीत 'मिनिरल वाटर' को भाग २ 'पोइला जान्छौ त' इन्टरनेट रिलिज भएको छ l गायक भीम विष्टको शब्द रचना र संगीतमा गीत तयार भएको छ l आवाजमा भिमलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् l मौसम हिमालीको कोरीयोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन र छायाङ्कन पवन सुस्लिङले गरेका छन् l 

भीम विष्ट ,सुधीर श्रेष्ठ, गीता ढुंगाना र लोसिना लामिछाने भिडियोमा फिचर्ड छन् l इनाक्षी एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट भिडियोलाई हेर्न सकिन्छ l