फिल्म ‘आँधी तुफान २’ ३१ दिनमा प्याकअप भएको छ l  बुधवार धुलिखेलमा  अन्तिम सट खिच्दै फिल्मको छायाँकन समापन भएको हो l तर यस फिल्मको एक गीतको छायाङ्कन भने बाँकी रहेको छ l साथै गीतको छायाङ्कन भने केही समय पछी काठमान्डौ बाहिर गर्ने निर्माण टिमले जानकारी गराएका छन् l फिल्मको निर्देशन मदन घिमिरेले गरेका हुन् l फिल्ममा आरती आचार्य, पुनम गौतम, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, धुव्र कोइराला, मनिष कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सुमन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायत कलाकारको भूमिका रहनेछ। फिल्ममा मौनता श्रेष्ठको निर्माण र लेखन रहेको छ। सामाजिक कथा विषयवस्तुमा आधारित आँधी तुफान २’ महिला एक्सन प्रधान फिल्म रहेको छ l फिल्मको निर्मातामा चक्र घर्ती मगर छन् । रामशरण उप्रेतीको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य रहनेछ । निर्देशक घिमिरेले आमाको काख, घर परिवार, वुवाआमा, जीवनदाता ,दादागिरी र माया नमार जस्ता सफल फिल्म बनाइसकेका छन्।