महानायक राजेश हमालको नाममा निर्माण हुन लागेको फिल्ममा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् ।‘म राजेश हमाल’ नाम रहेको उक्त फिल्ममा आर्यन केमियो भूमिकामा अनुबन्धित भएका हुन् l आर्यनले राजेश हमालको सम्मानका लागि फिल्ममा काम गर्न लागेको बताइएको छ ।  निर्माता केदार भुषालको टिमले राजेश हमाल सँग मौखिक रूपमा नाम प्रयोग गर्दै फिल्म बनाउन लागेका हुन् l फिल्ममा राजेश हमाललाई पनि देख्न सकिने छ l तर उनको मुख्य भूमिका भने रहने छैन l राजेशको जीवनीमा आधारित रहेर फिल्मको कथा भने बनेको छैन l नाम मात्र प्रयोग गरिने निर्माण टिमले जनाएका छन् l राजेश हमालको नाममा पहिलो पटक फिल्म बन्न लागेको भने होइन । यसअघि २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो । आउँदो भदौ २० गते फिल्म फ्लोरमा जानेछ l फिल्मको लोकेसन धनगढी आसपासलाई निर्माण टिमले सेट गरेका छन् l फिल्मको मुख्य भूमिकाको लागी सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।  फिल्मलाई विक्रम लामा (जोन योञ्जन) ले निर्देशन  गर्ने छन् l