टेलिश्रृंखला ‘बाटुली’ को पहिलो भाग प्रसारण भएको छ l आर्टिस्ट खबरको प्रस्तुति रहेको टेलिश्रृंखलाको निर्देशन साथै कथा गोपी कृष्ण चापागाईँको रहेको छ l निर्देशनमा गोपीलाई नवराज अधिकारीले साथ दिएका छन् l यसै टेलिश्रृंखला मार्फत एक समयकी चर्चित नायिका मौसमी मल्ल पनि देखिएकी छिन् l टेलिश्रृंखलामा मल्लले सासुको भूमिका निभाएकी छिन् l अनिल लामिछानेको छायाँकन , शारधा पौडेलको श्रृंगार र वीरेन्द्र भाट विपिनको सम्पादन भिडियोमा समावेश छ ।
त्यसै गरी नीरज पन्थीको सहायक निर्देशन टेलिश्रृंखलामा देख्न सकिन्छ l सिपी पौडेल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय रहेको छ । टेलिश्रृंखला पारीवारीक कथामा आधारित छ l 'बाटुली' आर्टिष्ट खबरको युट्युबमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।