गायिका एलिना चौहान र कलेज नेपालका जिवेश गुरुङको आवाजमा 'कराइ धोइदेउन' बोलको गीत सार्वजनिक भएको छ l  गायिका चौहानकै शब्द रचना रहेको गीतमा संगीत भीम कुसारीले भरेका छन् l भिडियो निर्देशन जिवेशको रहेको छ l रुपेश थापा र महावीर कार्कीको संयुक्त छायाङ्कन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन, निमबाबु तामाङको कोरीयोग्राफी समावेश छ l 

एलिना र जिवेशले नै भिडियोमा अभिनय गरेका छन् l साथै, यी दुईलाई भिडियोमा साथ सँगम भण्डारी, बानूँ राम शाक्य र कमल मैनाली पनि दिएका छन् l