अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l राम अविरल विष्टको शब्द रचना रहेको 'सम्झेर एक्लै'मा गायिका मेलिना राई र एस् डी योगीले आवाज दिएका छन् l गीतमा संगीत पनि गायक तथा संगीतकार एस् डिकै रहेको छ l विवेक रसाइलीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोको दृश्य कैद नवराज उप्रेतीको रहेको छ l
भूपेन्द्र अधिकारीको सम्पादन ,उज्ज्वल जोशीको रङ संयोजन, भिडियोमा समावेश छ l इन्टरनेट रिलिज भिडियोलाई युट्युब च्यानल गज्जब टिभी बाट हेर्न सकिने छ l