कोरोना सङ्क्रमण बाट हाँस्य कलाकार शम्भुराज थापाको निधन भएको छ l तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिवार बिहान निधन भएको हो l केही समय देखी कोरोनाको उपचार गराइरहेका थिए l थापाले थुप्रै टेलिसिरियल तथा केही फिल्ममा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए l उनले ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’लगायतका टेलिसियिरयलमा उनी अभिनय गरेका छन् l ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए ।