निर्माता, निर्देशक तथा हाँस्यकलाकार दिपाश्री निरौलाको आज जन्मदिन परेको छ  । ४५ औ वर्ष पार गरी ४६ औ वर्षमा प्रवेश गरेकी दिपा वि.स २०३२ साल भदौ ७ गते विराटनगरको कोशी अञ्चल अस्पतालमा माता गीतदेवीको कोखबाट जन्मिएकी हुन् l उनले आजको दिन सम्म आउँदा नेपाली फिल्मी क्षेत्रमा एक किसिमको आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । दिपाश्री निरौला नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको तितो सत्य आएपछि अझ लोकप्रिय बन्दै आएकी हुन् । पछिल्लो समय तितो सत्य बन्द भइसकेको छ ।दिपाश्रीले वि.स. २०४२ सालदेखि रंगमञ्चबाट आफ्नो रंगीन जीवन सुरु गरेकी हुन् । रंगमञ्चको दुनियामा हाँस्य कलाकार दीपकराज गिरीसँगको जोडिको रूपमा काम गर्दै आएकी दिपालाई अहिले पनि कत्तिले रियल जोडी भन्ने गर्दछन् । दीपक र दिपा धनियाँ र रामबिलाशको क्यारेक्टरबाट चर्चामा आएका थिए ।  यो जोडीले फिल्म निर्माण पनि गरी सकेका छन् ।  साथै यो जोडीले ९ करोड लागतमा बानेस्वरमा सिनेमा हल्ल पनि खोल्दै छन् l   सिने पाटी परिवारको तर्फबाट दिपालाई जन्मदिनको धेरै धेरै शुभकामना !