फिल्म 'एक्स ९' मा स्टारहरुलाई जोड्ने क्रम बढ्दो छ l केही समय अघि अभिनेता अनमोल केसी , सौगात मल्ल र राज कटुवालले 'एक्स ९' सँग नाता गाँसी सकेका छन् l यसै सँगै अभिनेता पुष्प खड्काले पनि फिल्म 'एक्स ९' सँग नाता गाँसेका छन् l कागजी सम्झौता गर्दै निर्माण टिमले पुष्पलाई फिल्ममा भित्र्याएका हुन् l स्टाहरुलाई फिल्ममा भित्र्याउने काम अझै जारी छ l निर्देशक मुकुन्द भट्टको फिल्मको निर्देशन गर्दै छन् l नयाँ वर्ष २०२२ जनावरी बाट छायाङ्कनमा जाने फिल्मलाई गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो l नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा फिल्मको लोकेसन सेट गरिएको छ l नेपालकै सबैभन्दा ठुलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ को कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् ।दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजीव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्ने निर्माण टिमको योजना छ ।