पोल्यान्डमा आयोजना भएको मिस्टर सुप्रानेश्नल २०२१’मा नेपालका सन्तोष उपाध्याय तेस्रो रनर अप हुन सफल भएका छन्। नेपालको प्रतिनिधित्व गर्दै सुप्रानेश्नल २०२१’मा सहभागिता जनाएका सन्तोषले ‘मिस्टर इन्फ्लुएन्सर’ तथा ‘मिस्टर ट्यालेन्ट’को उपाधि पनि हात पारेका छन्। गत आइतबार भएको फाइनलमा तेश्रो बनेका उनी ‘मिस्टर नेपाल–२०१९’ उपाधि विजेता पनि हुन्। साथै उनले ‘मिस्टर सुप्रास्टार सर्च–२०२०’ मा पनि सहभागिता जनाउँदै ३७ देशका प्रतियोगीलाई उछिन्दै उपाधि आफ्नो पोल्टामा पनि हालेका थिए l