एक समय थियो कलाकारहरूको गाईजात्रा क्यासेट बजारमा कयौँ बिक्री हुन्थ्यो l ४० दशक देखि सुरु भएको गाईजात्रा प्रहसन उक्त समय राजा परिवारहरूलाई मात्र देखाइने गरिन्थ्यो भने दर्शकहरूले क्यासेटमा नै सुन्न पाउँथे l त्यस कारण पनि क्यासेटको माग बजारमा ह्वातै थियो l साथै यही क्यासेट नै कति कलाकारहरूको जीविका उपार्जन गर्ने माध्यम पनि पनि बनेको थियो l यही क्यासेटकै कारण कति कलाकारहरूको उदय पनि भएको थियो l तर अहिले डिजिटल माध्यमको जवाना छ l त्यसैले न त अहिले यी गाईजात्रा क्यासेट बजार मानै छन् l नत पहिलाका जस्ता हास्यव्यङ्ग्य गाईजात्रा प्रहसन नै सुन्न पाइन्छ l सुन्न त पाइन्छ तर स्वाद न ब्यादको l वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले र मदन कृष्ण श्रेष्ठले २०३७ सालमा गाईजात्रा प्रहसन गरेको अडियो क्यासेट बजारमा निकालेका थिए l नाम थियो 'यमलोक' l आफैँले अडियो रेकर्ड गरेर बेच्दा १ लाख ५० हजार प्रति एल्बम हाताहात बिक्री भएको थियो। नेपालमा हास्यव्यङ्ग्यलाई अडियोमा ल्याउने श्रेय यो जोडीलाई नै जान्छ। यसै गरी २०४१ सालमा निकालिएको "विज्ञापन"ले पनि उत्तिकै कारोबार गरेको थियो l त्यो समय यो क्यासेटले रु ४४ लाखको कारोबार गरेको थियो। साथै उक्त शो मञ्चहरूमा देखाउँदा पनि यी जोडीको अत्यन्तै प्रशंसा भएको थियो l प्रहसन देखाउँदा राजा प्रमुख अतिथि र बिपी कोइराला, मनमोहन अधिकारीहरू अतिथि थिए। ऐतिहासिक दर्शकहरू भएको कार्यक्रम थियो । हाल सम्म पनि सबै भन्दा बिक्री हुने गाईजात्रे क्यासेटमा नै 'यमलोक र बिग्यापन' को नाम पहिलो आउँछ l यसरी क्यासेट निकालेको केही महिनामै लगातार पैसा आएपछि आचार्यले सोही वर्ष घट्टेकुलोमा घडेरी किनेर घर बनाएका थिए । त्यस वर्ष उनको भागमा करिब ७ लाख रुपैयाँ परेको थियो । त्यसपछि उनले मदनकृष्णसँग मिलेर ‘अंशबन्डा’, ‘रद्दीको टोकरी’, ‘होस्टे हैंसे’, ‘कक फाइट’लगायत थुप्रै गाईजात्रे एल्बम निकालेका छन् । पुन: क्यासेट बिक्रीको पैसाले फेरि अर्को घर थपेका उनले २०४८ पछि भने गाईजात्रे क्यासेट निकाल्न छाडे ।