चर्चित टिकटक स्टार तथा अहिलेकी हिट मोडेल स्मारिका ढकालको सम्बन्ध बिच्छेद भएको छ l ढकालका पती विवेक अधिकारीले आफूहरूको वैवाहिक सम्बन्ध टुटेको खबर सामाजिक सञ्जाल लाइभ मार्फत बताएका हुन् l आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर आपसी समझदारीमा छुट्टिएको विवेकले प्रतिकृया दिएका छन् l थप् उनले भिडियोमा दिएको प्रतिकृया यस्तो छ: '‘म कुनै सेलिब्रेटी नभएर आम मान्छे हुँ । मिडियामा आएर बोल्न मन पनि थिएन । तर, स्मारिका र मेरो सम्बन्धको विषयमा धेरै जनाले जिज्ञासा राख्नुभयो ।तपाईँहरूको माया र साथले नै उ त्यो ठाउँमा पुगेको हो । अहिले उसलाई टिकटकमा लाइभ आउँदा धेरै ‘एब्यूज’ भएको सुनिरहेको छु । म आफू पनि कोही–कोही बेला हेर्छु । सम्बन्ध तोडिए पनि हेरिन्छ । धेरैले नराम्रो कमेन्ट गर्नुभएको हुन्छ ।पैसा कमाइस्, सेलिब्रेटी भइस्, अनि बुढा छोडिस् भन्ने कुराहरू आएका छन् । यो बिलकुल गलत हो । यो कारण होइन । त्यसैले यस्तो इल्जाम लगाइदिन बन्द गरिदिनुस् ।मलगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन । सम्बन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्बन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएका हौँ ।अहिले पनि एक–अर्कालाई घृणा गर्दैनांै । उसको पनि करिअर राम्रो होस । भविष्य राम्रो होस । उसले पनि मेरो विषयमा यही चाहन्छ होला सायद । उसलाई कुनै ब्लेम नलगाइदिनुस् । के कारणले डिभोर्सको भएको भनेर चाहिँ उनले स्पष्ट रूपमा खुलाएका छैनन् l विवेक अधिकारी लाइभ आए सँगै अहिले स्मारिकाको सामाजिक सञ्जालमा व्यापक आलोचना भई रहेको छ l केही समय अघि स्मारिकाले पनि लाइभमा आएर आफ्नो डिभोर्स बारे केही रूपमा बोलेकी थिइन् l तर उक्त समय उनले डिभोर्स भएको कुरा खुलाएकी थिनन् l बरु समय आएपछि भन्ने भनेर सो कुरालाई टार्दिएकी थिइन l