हाँस्यव्यंग्य टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ मा अहिले पाँच प्रतिस्पर्धीहरू बिच प्रतिस्पर्धा चलिरहेको छ l आगामी साता कमेडी च्याम्पियनमा अन्तिम चार प्रतिस्पर्धी छनौट हुँदैैछन् । भोट्को आधारमा सहभागिताहरूले शो जित्ने भएकै कारण पनि प्रतिस्पर्धीहरुले भोट् मागेकै छन् l यसो त राज्निती दलका शीर्ष नेताहरूले पनि च्याम्पियन प्रतिस्पर्धीहरूको लागि पनि भोट् दिन अपिल गरेका छन् l l पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्वमन्त्रीहरु योगेश भट्टराई हुँदै बिना मगरसम्मका नेताले आफू निकट प्रतिस्पर्धीलाई जिताउन खुलेरै लागिरहेका छन् । गत महिना एमाले नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले खुलेरै आफ्नो जिल्लावासी प्रतिस्पर्धी भरतमणिको तर्फबाट भोट मागे । साथै, सिक्किमका बिक्की अग्रवालको लागि पनि उतैका एक नेताले भोट् दिन अपिल गरेका थिए l शो मा अहिले भरतमणि पौडेल , बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा , विकास अर्याल रहेका छन् l आफ्ना सामाजिक संजालमार्फत नेताहरूले जिल्लावासीलाई जिताउन अपिल गरेका हुन् l
आफूलाई भेट्न आइपुगेका थापासँगको तस्बिर सेयर गर्दै गोरखाली ( पालुंगटार नपा-६, काला माटा ) भएर मात्र हैन प्रस्तुति हेरेर सन्तोष थापा कमेडी च्याम्पियन बन्ने राम्रो सम्भावना देखियो! शुभकामना ! बाबुराम भट्टराई लेख्छन् l त्यसै गरी कंचनपुरदेखि काठमाडौँ सम्मको यात्रामा कमेडी च्याम्पियनका चर्चित कमेडियन सुदूरपश्चिम प्रतिभाको अब्बल योद्धा भाइ हिक्मत महरालाई टप ६ मा पुर्याउनको लागि भोट गरी आगामी दिनहरूको लागि सुरक्षित गरिदिनुहुन अनुरोध गर्दछु । भोट गर्नका लागि प्रभु पे एप डाउनलोड गरेर भोटिङ कोड ०९ मा भोट् गर्न सक्नु हुन्छ साथै यहाँ दिएको क्यु आर कोड स्क्यान गरी सजिलै भोट् गर्न सक्नु हुनेछ।धन्यवाद नोट - एउटा फ्री भोट पनि गर्न सक्नुहुनेछ ! भनेर पूर्व मन्त्री बिना मगरले लेखेकी छन् l यो सँगै पूर्व मन्त्री तथा एमाले नेतृ पद्मा अर्यालले पनि अर्का प्रतिस्पर्धी तथा गृह जिल्लाका विकास अर्याललाई भोट गरेर जिताउन आग्रह गरिन् । आगामी चार सातामा कमेडी च्याम्पियनको ग्रान्ड फिनालेको तयारी भइरहेको छ । यसै हप्ता विक्की अग्रवाल सुरक्षित भैसकेका छन् भने अन्तिम चारमा प्रवेश गर्न विकास अर्याल, हिक्मत महरा, भरतमणि पौडेल र सन्तोष थापाबिच प्रतिस्पर्धा हुँदै छ ।