नेपाली फिल्म ‘एटीन’ डिजिटल प्लेटफर्म एमजोन प्राइममा सार्वजनिक भएको छ l तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित रहेको यस फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको हो l फिल्ममा पहिलो पुस्ता र बेलायतमै जन्मी बेलायतमा नै हुर्किएको दोस्रो पुस्ता बिच ‘जेनेरेसन ग्याप’, मनोविज्ञान, त्यसबिच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ । फिल्ममा नेपाली कलाकार सँगै विदेशी कलाकारको पनि अभिनय रहेको छ l जसमा  प्रसुना कँडेल, राज दीप राई, अम्बिका राई, सनमकुमार वैराग, रितेश चाम्ससहित बेलायतीहरू कृश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनलाई देख्न सकिन्छ । प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन प्रेम लामाले गरेका हुन् l फिल्ममा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउन्ड डिजे ए.एक्स. पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतीक दुदराजको रहेको छ ।