गायिका रचना रिमालको नयाँ तिज गीत बजारमा रिलिज भएको छ l'तिजको महिना छ' बोलको गीतको शब्द डिपी खनालले कोरेका हुन् l गीतको लय सिर्जना नवीन कार्कीको रहेको छ l गीतको एरेन्ज मिक्सिङ विशाल निरौलाले गरेका हुन् l भिडियोमा अनिता बस्नेत, सविना आचार्य, रक्षा बुढाथोकी र एलिना राणा फिचर्ड छन् l

मिराज अर्यालको सम्पादन तथा छायाङ्कन रहेको भिडियोलाई योगेन्द्र कार्कीले निर्देशन गरेका हुन् l भिडियोलाई रचनाकै आधिकारिक युट्युब च्यानल 'रचना रिमाल' बाट सार्वजनिक गरिएको छ l