अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको तीज गीत ‘हे माइती राजा’ इन्टरनेट रिलिज भएको छ । डम्बर बिकेलको शब्द, रिमेश कुमारको संगीत र रचना रिमालको स्वर गीतमा समावेश छ । गीतमा संगीत संयोजक ओम सुनारले भरेका छन् । नारीको वेदना, तीजको बेलामा माइतीले गरेको अवहेलनालगायत विषय भिडियोमा देखाउन खोजिएको छ ।

भिडियोमा अभिनेत्री पोखरेलले एकल महिलाको भूमिकामा देखिएकी छन् । रामकुमार केसीको छायांकन , टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको निर्देशन नवल नेपालले गरेका हुन् l