अभिनेता गौरव पहारी फिल्म "काँडेतार" मा अनुबन्धित भएका छन् l अभिनेता ,निर्देशक तथा निर्माता नवल खड्काले कागजी सम्झौता गर्दै गौरवलाई फिल्ममा प्रवेश गराएका हुन् l कागजी सम्झौता गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै नवलले गौरवलाई फिल्ममा प्रवेश गराएको जानकारी गराएका हुन् l प्राय राष्ट्रवादी फिल्म निर्माण गर्ने नवलको "काँडेतार" पनि राष्ट्रवादी कथामै आधारित रहने बुजिन्छ l यस अघि उनले दश गज्जा , भिमदत्त लगायत फिल्म निर्माण गरी सकेका छन् l गौरव सँग यो उनको पहिलो सहकार्य हो l गौरवले हालै फिल्म ‘लाइफ इन एलए’ छायाङ्कन सकाएर बसेका थिए l वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको फिल्ममा गौरव र शिल्पा मास्के मुख्य भूमिकामा छन् l फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।फिल्मका निर्माता व्यास बिस्सु र राजेन्द्र ठकुरी हुन् भने संसार सुवेदी कार्यकारी निर्मातामा रहेका छन् ।