दोश्रो कोरोना लहर फैलिएका कारण बिचमा रोकिएको फिल्म ‘डाँडाको वरपीपल’ पुनः छायांकनमा निस्किएको छ l ‘गीतको छायाँकन सकाएर दृश्यको छायाँकनतर्फ लाग्दै गरेको बेला फिल्मलाई कोरोनाको असर परेको थियो । धादिङको धार्केबाट फिल्मको छायांकन थालिएको हो । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी छ । फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राई/रामजी लामिछानेको नृत्य निर्देशन, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।६० दिनको छायांकन सेड्युलमा काठमाडौं र चित्लाङमा फिल्म खिचिनेछ । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतको मुख्य भूमिका रहेको छ l
६० दिनको छायांकन सेड्युलमा काठमाडौं र चित्लाङमा फिल्म खिचिनेछ । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतको मुख्य भूमिका रहेको छ l