राष्ट्रिय युवा संघ नेपालको आयोजना रहेको फिल्म प्रतिस्पर्धामा १०८ स्क्रिप्ट छनौट भएका छन् । ‘म केही गर्छु’ शीर्षक रहेको स्क्रिप्टमा १०८ स्क्रिप्ट छनौट भएको हो l कार्यक्रम आयोजना गरिँदै स्क्रिप्ट छनौट बारे जानकारी गराइएको हो l कोरोनाको कारण घरमै रहेका युवाहरूको समयको सदुपयोगका लागि छोटो फिल्म स्पर्धा केही महिना अघि संघले आयोजना गरेको थियो l कार्यक्रममा विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक मीन भाम, छायाँकार विष्णु कल्पित, नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, फिल्मकर्मी अर्जुन देव जोशीको उपस्थिती रहेको थियो l साथै राष्ट्रिय युवा संघ बाट का उपाध्यक्ष पुष्पराज श्रेष्ठ, उर्मिला सुनुवार, अशोक चौलागाईं, महासचिव रमेश आचार्यको उपस्थिती थियो l छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन लगायतका विषयमा बढीमा ५ मिनेटसम्मको छोटा फिल्म बनाउनुपर्नेछ l छानिएका स्क्रिप्टबाट छोटो फिल्म निर्माण गरी युवा संघ नेपाललाई बुझाउनुपर्नेछ । त्यसरी बुझाइएका फिल्म मध्येबाट छानिएका उत्कृष्ट तीनमध्ये प्रथम २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट तीनसहित ५ फिल्मलाई एक समारोह बिच विशेष प्रदर्शनी गरिने आयोजक जनाएका छन् l कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले गरेका थिए ।