गायिका विष्णु माझी यती बेला चर्चामा छिन् l  सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझी के कारणले बाहिर देखिन मानिन् भन्ने कुराले अहिले सामाजिक सञ्जालमा थुप्रैको ध्यान आकर्षण गराएको छ l  हालै उनको एउटा तिज गीत सार्वजनिक भएको थियो ‘चरी जेलैमा’ l सो गीत उनकै जीवन सँग मेल खाएको अड्कल काट्दै दर्शकहरूले उनी माथि चियो चर्चा गर्न पनि थालेका हुन् l गुमनामकै चर्चा चल्दा चल्दै म्युजिक भिडियो ‘चरी जेलैमा’ लाई अहिले बडो फाइदा भएको छ l

विष्णु माझीप्रतिको चासो र कन्टेन्टको कारण गीतले गतिलो भ्यूज बटुलेको छ l यसो त उनका सबै गीतहरू हिट नै छ l तर यस गीतले भने रेकर्ड नै तोडेको छ l पछिल्लो २४ घण्टामा म्युजिक भिडियोलाई १० लाख पटक हेरिएको छ । गीतलाई रिलिजको ६ दिनमा कूल ३८ लाख ८५ हजारभन्दा बढी दर्शकले हेरेका छन् l २४ घण्टामै १ मिलियन भ्यूज कमै भिडियोलाई प्राप्त हुने गर्छ ।