गायक पवन गिरीको कम्पोज र आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l 'म जे छु' बोलको म्युजिक भिडियो गिरीले आफ्नै आधिकारी युट्युब च्यानल 'पवन गिरी' बाट सार्वजनिक गरेका हुन् l सम्झना शाक्यले गीतको शब्द कोरेकी छिन् l विशाल पौडेलको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ / मास्टरिङ गीतमा समावेश छ l
बरुण कोइरालाले भिडियोको निर्देशन साथै सम्पादन गरेका छन् l सुजय गौतमले छायाङ्कन गरेको भिडियोमा विष्णु खरेल ,पूजा गिरी र पवन भट्टराईको अभिनय देख्न सकिन्छ l