अभिनेता सौगात मल्ललाई कलाकारिताको लत्त त थियो नै l अब फिल्म निर्माणको लत पनि चढ्न थाली सके छ l पहिलो चरणको लकडाउनपछि ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गरेका उनी अर्को फिल्म पनि निर्माण गर्ने तयारीमा जुटेका छन् l निर्देशक सुवर्ण थापासँग मिलेर उनी फिल्म ‘दंश’ निर्माण गर्दै छन् l बिहीबार सुवर्णले आफ्नो फेसबुक स्टोरीमा स्क्रिप्टको एक तस्बिर पोस्ट गर्दै नयाँ फिल्मको घोषणा गरेका हुन् ।

Cine pati

‘दि सेक्रेट्स अफ राधा’ पनि सौगातले सुवर्ण सँग मिलेर निर्माण गरेका थिए l अहिले यो फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।  फिल्मलाई सौगात मल्लको आदियोगी भिजन र अमी फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो l फिल्मको स्क्रिप्ट लेखन सकी सकेको छ l दसैँपछि फिल्मलाई फ्लोरमा उतार्ने निर्माण टिमको योजना रहेको छ l