हाँस्य कलाकार तथा गायक हरिवंश आचार्यको आवाजमा समावेश गीत ‘ए कालु भेना’ इन्टरनेट रिलिज भएको छ l हरिवंशलाई आवाजमा गायिका मिलन नेवारले साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत हरिवंश स्वयमकै रहेको छ l गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा, आर्यन खरेलले अभिनय गरेका छन् ।
साथै छायांकन नवराज उप्रेतीको र सम्पादन भूपेन्द्र अधिकारीको रहेको छ l भिडियोलाई गज्जब टिभीको युट्युब च्यानलमा हेर्न सकिने छ lगाउँ घरको परिवेश नै रमाइलो हुने भएकाले पनि विदेश नजानका लागि यो गीतले आग्रह गरेको छ ।