'भोइस अफ नेपाल सिजन ३'  का विजेता किरण गजमेरको आवाजमा 'पारौँ कान्छी झ्याइँ झ्याइँ' बोलको गीत सार्वजनिक भएको छ l केदार उप्रेतीको शब्द र राजन राज सिवाकोटीको संगित गीतमा समावेश छ l शिशिर खातीले भिडियोको निर्देशन तथा कोरीयोग्राफी गरेका छन् l सलोन बस्नेत, शिशिर राणा , आइपी आचार्य ,सुरेश न्यौपाने, ओजस्वी थापा र आर्जूँ बैजुले भिडियोमा अभिनय गरेका छन् l

सन्कल भुजेलको छायाङ्कन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन र राजेन्द्र मोक्तानले कलरिङ् गरेका छन् l फ्ल्याग अन क्राफ्ट स्टुडियो युट्युब च्यानलमा भिडियोलाई हेर्न सकिने छ l