गायिका विष्णु माझी यती बेला चर्चामा छिन् l सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझी के कारणले बाहिर देखिन मानिन् भन्ने कुराले अहिले सामाजिक सञ्जालमा थुप्रैको ध्यान आकर्षण गराएको छ l हालै उनको एउटा तिज गीत सार्वजनिक भएको थियो ‘चरी जेलैमा’ l सो गीत उनकै जीवन सँग मेल खाएको अड्कल काट्दै दर्शकहरूले उनी माथि चियो चर्चा गर्न पनि थालेका हुन् l कत्तिले उनको पतीले उनलाई बन्धक बनाएको समेत प्रतिकृया दिएका छन् l तर यस्ता मन गढन्ते टिप्पणी नगर्न चर्चित लोक गायिका सुनिता दुलालले सबैलाई आग्रह गरेकी छिन् l सामाजिक सञ्जालमा गायिका विष्णु माझीको बारेमा बोल्दै माझी उनको जीवनमा खुसी रहेको सुनिताको भनाइ छ l
सुनिताले लेखेको स्ट्याटस यस प्रकारको छ :
‘चरी जेलैमा’ बोलको गीत यति बेला चर्चामा छ ।म आफैलाई पनि असाध्यै मन पर्यो। यो सँगै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पुनः गायिका विष्णु माझीको बारेमा अनेकौँ टीकाटिप्पणी हुन थालेका छन् । जो अनुमानित, मनगणन्ते र भ्रामक कुरामा केन्द्रित छ जस्तो मलाई लाग्छ । कतिले भन्छन्, विष्णु माझीलाई उनका श्रीमान् सुन्दर मणि अधिकारीले बन्धक बनाएका छन् रे, उनकै दबाबका कारण उनी बाहिर निस्कन सकेकी छैनन् रे !यी सब सुन्दा, पढ्दा आश्चर्य लाग्छ । यो युग हाम्रो हजुरबुबा–हजुरआमाको पालाको होइन कि अरूको दबाब र बन्धक बनेर बस्नुपर्ने र जे पनि सहनुपर्ने । त्यसैले मलाई लाग्दैन विष्णु माझी कसैको दबाबमा छिन् । उनी त आफ्नो व्यक्तिगत जीवनको भरपुर आनन्द लिइरहेकी छिन् । नत्र, आज उनकै आवाजमा सजिएको सालको पात टपरीले नेपाली सांगीतिक इतिहासमै कीर्तिमान कायम गरेको छ । कसैले बन्धक बनाएको, कसैको दबाब र पीडा खेपेर बसेको मान्छेले यति राम्रा सिर्जना दिन सक्ला ? सोचौँ त एक पटक ।
अनि अर्को कुरा यदि मान्छे पीडामा छ अथवा कसैले पीडा दिइरहेको छ भने सधैँ सहेर बस्दैन । अझै यति चर्चित गायिका त्यो पीडा सहेर बस्नुहोला भन्ने मैले सोच्नै सक्दिनँ । त्यसैले कसैको व्यक्तिगत जीवनलाई लिएर अरूमाथि आक्षेप नलगाऔँ, हस्तक्षेप नगरौँ यही नै विष्णु माझीका लागि सच्चा सम्मान हो । मलाई लाग्छ आदरणीय गायिका विष्णु माझी एक न एक दिन अवश्य बाहिर आउनु नै हुनेछ । सायद उहाँले पनि अनुकूल समय कुर्नुभएको होला । ‘सन्दर्भ चरी जेलैमा’