हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ ओहो मुभिज एपबाट फिल्मलाई रिलिज गरिएको हो l फिल्मको कथा साथै निर्देशन धुर्मुस सुन्तलीकै रहेको छ l शुभानी फिल्म्स ब्यानरमा निर्माण गरिएको फिल्मलाई सुवास बरालले खिचेका हुन् lमिलन श्रेष्ठको सम्पादन,स्वयतना योञ्जनको कोरियोग्राफी फिल्ममा समावेश छ l पछिल्लो समय धुर्मुस-सुन्तलीले फिल्म ‘सेन्टी भाइरस’मा अभिनय गरेका थिए । उक्त फिल्म रिलिज भएको १ वर्ष बितिसके पछि पुनः अभिनयमा फर्किँदै दर्शक माझ 'म त मर्छु कि क्या हो' ल्याएका हुन् l फिल्ममा धुर्मुस-सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन् । फिल्मको सम्पूर्ण छायांकन चितवनमा नै गरिएको हो । कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि नेपाली फिल्म क्षेत्र शून्य बनेको छ l यसैले पनि निर्माताहरुले ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरी रहेका छन् l