हाँस्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । काठमाडौँको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिहीबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् । विपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् । उनको अनुहार, हात र खुट्टामा चोट लागेको छ भने स्कुटीमा पनि सामान्य क्षति भएको छ l आफू दुर्घटनामा परेको खबर खबपुले सामाजिक सञ्जाल मार्फत बताएका थिए l स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ का प्रतिस्पर्धी पनि हुन् खबपु l