इन्टरनेट सेवा प्रदायक भायानेटले एनसेलको सहकार्यमा पर्पल प्याक अफर ल्याएको छ l ‘अल इन वान’ नाम दिइएको यो प्याकेजको अफर ल्याउँदै ग्राहकले ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट जडान गरी प्याकेजमा १७५ च्यानल भएको भाया टिभीको साथमा एनसेलको निःशुल्क सिम पाउनेछन् । एनसेल सिम कार्डको साथ, ग्राहकहरूले विभिन्न सेवाहरूको नि: शुल्क आनन्द उठाउन सक्नेछन् । ग्राहकदायीले अन्य एनसेल नम्बरहरूमा कल गर्नको लागी ५० मिनेट को नि: शुल्क टक टाइम र प्रति महिना ५० एसएमएस पाउने छन् । साथै ५० मिनेटको निःशुल्क मासिक टक टाइम, भायानेट कल सेन्टरमा कल गर्नको लागी र अतिरिक्त १GB डाटा प्रति महिना भाइनेट मोबाइल एपको उपयोग गर्नको लागी पाउँछन् । पर्पल प्याक अन्तर्गत प्राप्त हुने एनसेल सिममा प्रत्येक महिना चार जीविका दरले एक वर्षसम्म कूल ४८ जीवी निःशुल्क डेटा प्राप्त हुनेछ । ८० एमबीपीएस र १०० एमबीपीएसका दुवै प्याकेजमा तीन ओटा भाया टिभी उपलब्ध हुनेछन् । इन्टरनेट जडान गर्न चाहने नयाँ ग्राहकले फाइबर वाई फाई डिभाइसका लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्नेछ भने ५ गिगाहर्ज वाई-फाईका लागि अतिरिक्त ३५०० रुपैयाँ बुझाउनुपर्नेछ । हाललाई काठमाडौँ उपत्यकाभित्र मात्र उपलब्ध हुने यो अफरको मूल्य मासिक भ्याट बाहेक ८० एमबीपीएसको १६ सय रुपैयाँ रहेको छ भने १०० एमबीपीएसका लागि १८०० रुपैयाँ तोकिएको छ ।