आजबाट डेनिस बियर टुबोर्गले दुई मुलुकबिच ब्रान्ड प्रवद्र्धन गर्न व्यक्तिसँग सहकार्य गर्ने अभियान थालनी गरेको छ । अभियान अन्तर्गत गायक सुशान्त केसीले विश्व चर्चित फ्रान्सेली डिजे डेभिड गुएटासँग मिलेर गीत गाउने भएका छन् l  गुएटाको नयाँ ट्रयाक ‘गेट टुगेदर’को अफिसियल रिमिक्स सुशान्तले गर्नेछन् ।  सेप्टेम्बर अन्त्यसम्म गीतलाई ल्याउने केसीको योजना रहेको छ l मायामा, साथी, आमाजस्ता हिट ट्रयाकमा स्वर दिइसकेका केसीले पहिलो पटक विश्वकै ठुला डिजेसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् l साथै डिजे गुएटाले पनि नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको र दुबैजनाको प्रस्तुतिले ताजापन महसुस गराउने उनको भनाइ छ l