गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ । सत्यराज चौलागाँइको शब्द, सरोज प्याकुरेलको संगीत गीतमा समावेश छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।
साथै सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन छ । लामिछानेले भिडियोमा वर्षा र राजलाई रोमान्टिक शैलीमा प्रस्तुत गरेका छन् । भिडियोलाई एट के एभरेस्ट मोसन्स पिक्चर्स युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।