अभिनेता राजेश हमालले फरक भूमिकामा अभिनय गरेको र्‍याप म्युजिक भिडियो 'नाच न कान्छी' सार्वजनिक भएको छ l  अभिराज ओली  (एम्सेन्ज) को भोकल रहेको र्‍यापको शब्द,संगीत र एरेन्ज ॐ सुनुवारको रहेको छ l देवेन्द्र कुवरको निर्देशन र कोरियोग्राफी भिडियोमा समावेश छ l

हरि बहादुर घलेको छायाङ्कन , बन्दी प्रसादको सम्पादन र समीर मियाको कलरिङ् / भीएफ्क्समा भिडियो बनेको छ lराजेश हमालको अलावा भिडियोमा अस्मिता भट्ट,विमल बिटिएस, रहिसा रेग्मी र बिबिशा भण्डारीको अभिनय पनि देख्न सकिन छ l सार्वजनिक भिडियोलाई (एम्सेन्ज) युट्युब च्यानलमा हेर्न सकिन्छ l